मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनुपर्ने दिन छ । अनावस्यक झमेलामा परिएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । काम रोकिएपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ । यात्राको सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ । लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । तर, सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला । मनमा उदासिन्ता बढ्नुका साथै काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ ।
प्रतिक्रिया दिनुहोस्