Ads

एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली दोहोरिए


त्रिशूली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली दोहोरिएका छन् । पार्टीको आठौँ जिल्ला अधिवेशन अन्तर्गत भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

पाँचसय ९२ मतमध्ये उनले तीनसय ४५ मत प्राप्त गरे । उनका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुईसय ३७ र माधवप्रसाद तिवारीले दश मत प्राप्त गरे । प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भए ।

बुधबारदेखि सुरु आठौँ जिल्ला अधिवेशनमा  विभिन्न ३१ पदमा ८४ जना उम्मेदवार विजयी भएका छन् । २८ जना सर्वसम्मत निर्वाचित भए । अधिवेशनमा कुल छ सय १७ जना प्रतिनिधिको सहभागिता थियो ।

Ads

सम्बन्धित पोष्टहरू