Ads

राजतन्त्र फर्काउनका लागि धेरै टाउको नदुखाउन अध्यक्ष नेपालको सुझाव


काठमाडौं । नेकपा एकीकृत समाजवादीका यक्ष माधवकुमार नेपालअध्ले राजतन्त्र फर्काउनका लागि धेरै टाउको नदुखाउन सुझाव दिएका छन् । पार्टीको कोशी सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने कुरा दिवासपना मात्रै भएको भन्दै यसका लागि धेरै टाउको नदुखाउन बरु व्यापार गरेर बस्न सुझाव दिएका हुन् ।

उनले अहिले राजतन्त्र फर्काउन खोज्नेहरुको स्वर मधुरो हुँदै गएको जिकिर गरे । उनले पार्टीहरुको प्रवृतिको विरोध गर्ने गरेपनि अहिलेको संक्रमणकालीन अवस्थामा कुनै दललाई शत्रु घोषित नगर्ने स्पष्ट पारे ।

अध्यक्ष नेपालले मधेशमा पुरानो गठबन्धनबाट मुख्यमन्त्रीको प्रस्ताव आएपनि पार्टीको हितलाई मध्यनजर गर्दै नयाँ गठबन्धनकै निर्णय अनुसार अघि बढिएको बताए । मुलुकको परिस्थिती अनुसार पनि केन्द्रको गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनले अहिले प्रधानमन्त्री प्रचण्डको भूमिकालाई सकारात्मकरुपमा लिएको बताए ।

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई पुनर्गठन गरेर अघि बढ्ने प्रयास भइरहेको जानकारी दिए ।अध्यक्ष नेपालले मुलुकलाई समाजवादको बाटोतर्फ अघि बढाउन जनवादी क्रान्तिको आवश्यकता पर्ने धारणा राखे ।

Ads

सम्बन्धित पोष्टहरू