Ads

आज पनि, विनियोजन विधेयक, २०८१ मा छलफल हुने


काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ ।

बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने जानकारी गराएका थिए ।

प्रतिनिधिसभामा जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो । मङ्गलबार युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रलायको विनियोजन शीर्षकमाथि छलफल भएको थियो ।

बुधबारको बैठकमा सहरी विकास, रक्षा, महिला, बालालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो । प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजे बस्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू