Ads

मानवअधिकारको क्षेत्र चर्चा हुने गरेपनि पशुकल्याण भने सधैँ ओझेलमा


काठमाडौँ  । पशु कल्याणको लागि एनिमल नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले पशुमाथिको ज्यादति अन्त्यमा जोड दिँदै तिनलाई स्वतन्त्रता प्रदान गर्न आग्रह गरे । जनावर तथा पशुपक्षीहरूको अधिकार स्थापना गरी उनीहरूको जीवन सहज बनाउन  एनिमल नेपालले पशुपक्षीहरूको कल्याण सुनिश्चितताका विषयमा  विभिन्न मिडीयाका प्रतिनिधिको उपस्थितिमा पशु कल्याणको दृष्टिकोणले देखिएका समस्या, कुखुरा, राँगा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्या तथा पशु आरामगृहको आवश्यकताबारे अन्तक्र्रिया गरीएको हो ।

मानिसहरूको जस्तै पशुपक्षी र जनावरहरूको पनि स्वतन्त्र र सहज रूपमा, विना पीडामा बाँच्न पाउने अधिकार हुन्छ । तर मानिसहरूले पशुपक्षीहरू तथा जनावरहरूलाई आफ्नो स्वार्थको लागि दुःख, पीडा दिएको पाइन्छ । जनावरहरू तथा पशुपक्षीहरूले पनि स्वतन्त्र रूपमा, विना पीडा र आरामदायी रूपमा बाँच्न पाउनु पर्दछ भनेर एनिमल नेपालले सन् २००९ देखि काम गर्दै आएको छ ।

एनिमल नेपालकी प्रमुख सुलक्षणा राणाले पशु कल्याणका लागि अन्तर्राष्ट्रियस्तरमा पाँचवटा प्रावधानहरु अभ्यासमा रहेकाले त्यसलाई नेपालमा पनि अंगीकार गर्न सरकारसँग माग गरिन् । पाँचवटा प्रावधानहरु जस्तै, भोक प्यास र कुपोषण हुन नदिने, डर त्रास र तनाव हुन नदिने, भौतिक तथा शित, तापजन्य असुविधाबाट सुरक्षित गर्ने, पीडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित राख्ने र सामान्य व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने अवस्था सुनिश्चित गर्ने रहेका छन । त्यो अब नेपालमा पनि कायम हुनुपर्छ,’ उनले भनिन् ।

पशुपन्छिहरुको ढुवानी बथशाला र मासुपसलको लामो समयको अनुगमन र अनुभव को आधारमा उपभोक्ता नै जागरुक हुनपर्ने किनकि उपभोक्ता ले कस्तो मासु उपभोग गर्दै छौं भन्ने कुरा जवसम्म महसुस हुदैन तवसम्म बजारमा जस्तो पनि माछा मासु बिक्री हुने । अर्को कुरा मासु जाँच ऎन कार्यनयन जवसम्म हुदैन उपभोक्ता सम्म पुग्ने माछ मासु मा सुधार आउदैन फिल्ड सुपरभाइजर लक्ष्मी खत्रीले जानकारी दिए ।

त्यसैले यस संस्थाले ढुवानी मापदण्ड कार्यान्वयन गर्नका लागि सरकार र पशुपक्षी तथा जनावर ढुवानी गरिने सवारी साधनका मालिक अर्थात् ट्रक साहुहरूसँग पनि छलफल गरी वकालत तथा पैरवी गरिएको र यस्तै पैरवी र वकालतले बारा जिल्लामा जनावरहरूका लागि आरामदायी स्थानको निर्माण हुन लागेको, ढुवानीका क्रममा ट्रक भित्र यी जनावरहरूलाई चोटपटक नलागोस् भन्नाका लागि फाइबर फम राख्ने र नाइलनको डोरीको सट्टा नरम खालको डोरी प्रयोग गर्न लगाउने योजना गरेको पनि बताए । पशुपक्षीहरूको कल्याणकारी सुनिश्चितताको विषयमा सञ्चारकर्मीहरूसँग गरिएको छलफलमा आयोजक संस्था एनिमल नेपालकी फिल्ड सुपर भाइजर लक्ष्मी खत्रीले पशुपक्षी तथा जनावरहरू ढुवानीका क्रममा ज्यादै दर्दनाक अवस्थाहरू देखिने भन्दै यस्तो अवस्थामा उनीहरूको प्राथमिक उपचारहरूको लागि पनि काम गरेको र कति पय अवस्थामा धेरै नै घाइते भएका पशुहरूलाई किनेर भए पनि औषधी उपचार गरेर उधार गरिएको बताए । साथै पशुपक्षी तथा जनावरहरू मासुका लागि किनबेच हुँदै गर्दा उपभोक्ताले कस्तो मासु प्रयोग गर्ने विषयमा पनि विचार गर्नु पर्ने र ढुवानीका क्रममा उनीहरूलाई यातना दिन नहुने भन्दै एनिमल नेपालले काम गर्दै आएको र यस कार्यलाई सफल बनाउन, पशु कल्याणका लागि, उनीहरू प्रतिको हिंसा हटाउनका लागि नेपाल सरकार, सरोकारवाला निकायहरू तथा सञ्चारकर्मीहरूको साथ सहयोग हुन जरुरी रहेको बताए ।

नेपाल सरकारले पशु सेवा ऐन २०५५, त्यसको नियमावली २०५६ र पशु ढुवानी मापदण्ड २०६४ का अनुसार प्रत्येक पशुपक्षी ढुवानी गरिने सवारी साधनमा प्राथमिक बाकस हुनु पर्ने, शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै सवारी साधनमा गर्न नहुने, पशु ढुवानी गर्दा सबैको मुख चालक तर्फ फर्काइनु पर्ने, नाक र पुच्छरमा डोरी बाँध्न नहुने, ती जनावरहरूले टेक्ने भुईँमा ६ इन्च बाक्लो भुस, पराल वा सोतर राखिनु पर्ने भनी एनिमल नेपालले वकालत तथा पैरवी गर्दै आएको छ । साथै सवारी साधनमा छेउ छेउमा फम टाँसिएको हुनु पर्ने, ठुला पशुलाई प्रति पशु ०.८४ देखि १.२७ वर्ग मिटर सम्म स्थान उपलब्ध गराउनु पर्ने र एउटा ट्रकमा २० वटा मात्रै राँगा भैँसी ढुवानी गराउनु पर्ने, सवारी साधनमा उनीहरूका लागि पराल, दाना पानीको व्यवस्था गरिनु पर्ने, ८ घण्टा भन्दा बढीको यात्रा गर्न नहुने र यात्रा गरे पछि यी जनावरहरूलाई ओरालेर दाना पानी खुवाएर केही समय आराम गराउनु पर्ने, सवारी साधनको गति ४० किलोमिटर रफ्तारमा वा सो भन्दा बिस्तारै हाँक्ने र झ्याप्प झ्याप्प ब्रेक नलाउने, नउफ्रिने गरी सवारी चलाइनु पर्ने लगायतका सवालमा सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू