Ads

गणतन्त्रको उपलब्धि जनतासम्म पुर्‍याउन सक्नुपर्छ : अध्यक्ष खड्का


काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष सङ्गीता खड्काले गणतन्त्रको वास्तविक उपलब्धिबारे सबै नागरिकसम्म जानकारी पुर्याउन आवश्यक रहेको बताएका छन् । उनले प्राप्त उपलब्धिका यर्थाथलाई प्रस्तुत गर्दै गणतन्त्र व्यवस्थाप्रति आमनागरिकको विश्वासलाई टिकाइरहन पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव पनि दिए ।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति ९रासस०द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले जनअपेक्षाअनुसार समृद्धि हासिल गर्न सबै क्षेत्रको सहभागिता अनिर्वाय हुनेमा जोड दिए ।

“गणतन्त्रको उपलब्धिलाई यथार्थमा देखाउन सके आमनागरिकमा देखिएको निराशा कम गर्न सकिन्छ”, अध्यक्ष खड्काले भने, “गणतन्त्रको उपलब्धि केही भएन भन्नेका लागि यस प्रदर्शनीले निकै राम्रो सन्देश दिएको छ । राससको केन्द्रीय कार्यालयमा मात्र होइन, राष्ट्रिय ध्यानार्कषण हुनेगरी यी तस्बिरलाई प्रदर्शनी गर्न आवश्यक छ ।”

Ads

सम्बन्धित पोष्टहरू