Ads

राष्ट्रिय परिचयपत्र बनाउनेको चाप


भद्रपुर, झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ ।

कर्मचारीलाई बिहान र दिउँसो गरी दुई चरणमा काममा खटाई राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरण थालेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । उनका अनुसार दैनिक तीन सयदेखि चार सयजनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले वडास्तरमा अभियानकै रुपमा बुद्धशान्ति गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, भद्रपुर नगरपालिका र अर्जुनधारा नगरपालिकामा ७३ हजार सात सय ८१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिसकेको छ । अहिले मेचीनगर नगरपालिकामा वडास्तरमै अभियानको रुपमा राष्ट्रिय परिचयपत्र वितरण भइरहेको प्रजिअ बाँस्तोलाले जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू