काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय समाचार समिति ९रासस०द्वारा गणतन्त्र दिवस–२०८१ का अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि ः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गरेका छन् ।
रासस केन्द्रीय कार्यालय, भद्रकालीमा जारी उक्त प्रदर्शनी अवलोकनपछि शुभेच्छा व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रदर्शनीमा राखिएका तस्बिरहरु गणतन्त्रपछिका विकास–निर्माणका कामको झलक प्रस्तुत गर्न सार्थक रहेको उल्लेख गर्दै यस प्रकारको रचनात्मक कामको निरन्तरता दिएकामा राससको प्रशंसा गरे ।
पूर्वराष्ट्रपति भण्डारीलाई राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले तस्बिर प्रदर्शनीमा राखिएका तस्बिरबारे अवगत गराएको थियो । उन रासस परिसर आउदा अध्यक्ष झाका साथै महाप्रबन्धक सिद्धराज राईसहित विभागीय प्रमुखहरुले स्वागत गरेको थियो । गत जेठ १० गतेदेखि सुरु भएको रासस तस्बिर प्रदर्शनी यही असार १० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्