बाँके । बाँकेको कोहलपुर–१४ स्थित हवल्दारपुरमा हुरीबतासका कारण पर्खाल भत्केर एकजनाको मृत्यु भएको छ । कोहलपुर–१४ वीरगञ्जका मीना खातुनको मृत्यु भएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
खातुनले स्थानीय राम्रो इन्टरप्राइजेजलगायतमा काम गर्ने गरेको प्रहरीको भनाइ छ । त्यस्तै हुरीबतासका कारण जिल्लाको डुडुवा गाउँपालिका वडा नं १ खडैचामा आगलागी हुँदा ३४ खरले छाएका घर जलेका छन् । घरमा रहेका अन्नपातसमेत जलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्