Ads

२०८१ असार ७ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । धनको नाश पनि होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । आफूभन्दा ठूला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ, प्रयासलाई जारी राख्नु होला । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धन कमाउने योग छ । काममा जोश जागर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछि लागेपनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)भाग्योदयको समय रहेको छ । अरुले गरेको कामको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु होला । केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला । शारिरीक तथा मानसिक आलस्यता बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जागिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)आतिथ्यपूर्ण सम्मान पाइएला । नविन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू