Ads

बन्यजन्तु जोगाउनै कठिन, मानिस जोगिन पनि चुनौती


काठमाडौ, पछिल्लो समय पूर्वी नवलपरासीका स्थानीय वनमा बाघ तथा चितुवा विभिन्न कारणले मर्नेक्रम बढेको छ। कालगति, जुधेर तथा मानवीय जस्ता बाह्य कारण देखाइए पनि पछिल्लो ४ महिनामा दुर्लभ ३ पाटेबाघ र एउटा चितुवा मरेका छन्।

यसअघि फागुन ६ गते मध्यविन्दु नगरपालिका वडा नं. १० अरुणखोलाको जङ्गलमा र त्यसको १० दिनपछि मध्यविन्दु १५ को नवदुर्गा सामुदायिक वनमा भाले बाघ मारेर गाडेको अवस्थामा फेला परेको थियो। त्यस्तै जेठ १० गते विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोला बगरमा वयस्क पोथी बाघ मृत फेला परेको थियो। हरेक महिनाजसो संरक्षित बाघ र चितुवा मर्न थालेपछि यसले संरक्षणको क्षेत्रमा चिन्ता थपेको छ।

नवलपुरको मध्यविन्दु नगरपालिकाको वडा नम्बर ८ मा एक प्रहरीसहित ७ जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ। हालै मध्यविन्दु ८ देवकोटा टोल बस्ने रामबहादुर खत्रीको घरमा अकस्मात् पसेको चितुवाले घरबाट बाहिर निस्कने क्रममा ६ जनालाई घाइते बनाएको थियो।

चितुवाको आक्रमणबाट मध्यविन्दु ८ का देवा ठकुरी, सुनिल जैसवाल, रुपा कुमाल, अमृत चौधरी, रोशन कुमाल, अमृत महतो घाइते भएका उनीहरूको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ। चितुवाको आक्रमणबाट स्थानीयलाई बचाउने क्रममा एक जना सशस्त्र प्रहरी समेत घाइते भएका छन्।

Ads

सम्बन्धित पोष्टहरू