काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार महासङ्घको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने तालिका छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्