चितवन, यस वर्षको धान रोपाई शुरु भए पनि किसानले रसायनीक मल पाउन सकेका छैनन् । मलको उच्च आवश्यकता रहेका बेला धानका लागि रासायनिक मल खोज्दै साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीले तोकेका विक्रेताकहाँ पुगेका किसानलाई रित्तो हात फर्काइएको छ ।
किसानले मल नपाए पनि सरकारले भने यो वर्ष अहिलेसम्मकै धेरै मल आउन लागेको दाबी गरेको छ । चालु आर्थिक वर्षमा साढे चार लाख टन मल भित्रिन लागेको सरकारले जनाएको छ । कृषि मन्त्रालयले साल्ट टेडिङ र कृषि सामग्री कम्पनीका गोदाममा करिब ९० हजार टन रासायनिक मल स्टक रहेको जनाएको छ ।
कृषि सामग्री कम्पनीको गोदाममा मात्र होइन कार्यालयका प्रादेशिक गोदाममा पनि पर्याप्त मल भए पनि विक्रेता व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने सकेको छैन ।
सरकारले रासायनिक मल खरिदका लागि वार्षिक ३० अर्ब रुपैयाँ खर्चने गरेको छ । यूरिया, डीएपी र पोटासमा गरी ६५ प्रतिशत अनुदान दिइएको छ । तर, पालिकाले सहकारी, कम्पनी र फर्मलाई वितरणको पूरै जिम्मा दिँदा आमकिसान अनुदानको मलबाट विमुख भइरहेका छन् । त्यसमाथि विगतमा वर्षमा वितरण भएको विवरण, कृषक परिवार र सिँचाइयोग्य जमिन हेरेर कोटा निर्धारण गरिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्