काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको आज बसेको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम २७ को उपनियम ९४० अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा दरबन्दी रहेको डिआइजी पोखरेल हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख हुन् ।
प्रतिक्रिया दिनुहोस्