काठमाडौँ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन्। तस्बिर प्रदर्शनीको अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेपालको गणतन्त्रको उपलब्धि एकमुष्ट रुपमा तस्बिरमा नियाल्न पाइएको बताए ।
पूर्वमुख्यमन्त्री शाहीले नेपालमा गणतन्त्र आएपछि उल्लेख्य कामहरु भएका बताए । “राम्रा कामभन्दा नराम्राको चर्चा बढी हुन्छ । त्यो मानवीय स्वभाव हो”, उनले भने, “देशभरि भएका राष्ट्रिय गौरवका आयोजनाका काम र प्रगति के कति भइरहका छन भन्ने वास्वविकता यस तस्बिर प्रद्रर्शनीले देखाएको छ । यो सकारात्मक सन्देश हो ।”
प्रदर्शनीमा राखिएकामध्ये कर्णालीको विकासबारे राखिएका तस्बिर पूर्वमुख्यमन्त्री शाहीले निकै चासोका साथ हेर्नुभएको थियो । मुलुकमा गणतन्त्र आएपछि कर्णालीमा धेरै विकास भएको उनको भनाइ थियो । पछिल्लो सकय हुम्ला सदरमुकाम सिमकोटमा सडक पुगेको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री शाहीले कर्णाली क्षेत्रलाई चिनाउन रङ्गशाला बन्न लागेको जानकारी दिए।
“हिजोको कर्णाली र गणतन्त्रपछिको कर्णाली कस्तो छ रु राससको तस्बिर प्रदर्शनीबाट स्पष्ट छ”, पूर्वमुख्यमन्त्री शाहीले भने । उनी रासस केन्द्रीय कार्यालय भद्रकाली आउदा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्