काठमाडौं । नेकपा एमालेका ३० जना नेता चीन प्रस्थान गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० सदस्यीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ ।
उक्त टोली गएराति १० दिने भ्रमणका लागि बेईजिङ प्रस्थान गरेको एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्