Ads

भारतीय लोकसभाको सभामुखमा ओम बिरला


काठमाडाै‌ । भारतीय लोकसाभाको सभामुखमा ओम बिरला चयन भएका छन् ।

बिरला लगातार दोस्रोपटक सभामुख चयन भएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभामुखमा बिरलाको नाम प्रस्तुत गरेका थिए । मोदीको प्रस्तावमा अमित शाह, नितिन गडकरी तथा राजनाथ सिंहले समर्थन गरेका थिए ।

इन्डिया गठबन्धनले भने कांग्रेसका कोडिकुन्निल सुरेशलाई सभामुखको उम्मेदवार बनाएको थियो । बिरला ध्वनिमतका आधारमा सभामुख चयन भएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू