काठमाडौ, नेकपा एमालेले प्रतिनधीसभा र राष्ट्रिय सभामा रहेका आफ्ना सांसदहरुलाई रुपान्तरीत नेतृत्वका विषयमा प्रशिक्षण दिएको छ ।
पार्टी संसदीय विभागको आयोजना र स्थानिय विकास विभागको संयोजनमा ‘समृद्धीउन्मूख रुपान्तरीत नेतृत्व र कार्यशैली’ विषयक एक दिने प्रशिक्षण दिएको हो । संसदीय विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङ्को अध्यक्षतामा कार्यक्रम भएको थियो ।
त्यस क्रममा उनले सांसदहरुको कार्यशैलीलाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको बताए । संसद र र जनताका विचमा काम गर्दा प्रभावकारी र रुपान्तरीत रुपमा आफ्ना उपस्थिती जनाउन आवश्यक रहेको उनको जोड थियो ।
यस्तै स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले केहि समय अघि सातै प्रदेशका जनप्रतिनधीहरुलाई पार्टी विभागले बन्द प्रशिक्षण शिविरको रुपमा स्थानीय तहको काम प्रभावकारी बनाउन सघाउ पु¥याउने उदेश्यले प्रशिक्षण दिईएको जानकारी गराए । सो पछि संघीय सांसदहरुको पुनर्ताजगी र प्रभावकारी एवम् रुपान्तरीत नेतृत्वका बारेमा प्रशिक्षण आयोजना गरिएको उल्लेख गरे ।
कार्यक्रममा प्रतिनिधीसभाका प्रमुख सचेतक महेश बर्तौलाले प्रशिक्षणबाट सांसदहरुको नेतृत्व एवम् कार्यशैलीलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको बताए । प्रशिक्षणका क्रममा सहजकर्ता, पार्टी स्कुल विभागका सदस्य एवम् नेतृत्व शिल्पका विज्ञ प्रा.डा. तत्व तिम्सिनाले पार्टीले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य प्राप्तिका लागि सवै तहको नेतृत्वले प्रभावकारी रुपमा कार्य सम्पादन गर्न आवश्यक रहेको बताए । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रि स्तरमा विकशित परिस्थिति र अवस्थाको समेत विश्लेषण गर्दै नेतृत्व क्षमको विकास गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सभा एवम् प्रतिनिधी सभामा प्रतिनिधित्व गर्ने एमालेका अधिकांश सांसदहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्