काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार १०० कायम भएको छ । यता चाँदीको मूल्य तोलामा १ हजार ७८० रुपैयाँ कायम भएको छ । बुधवार १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने १० रुपैयाँले गिरावट आएको हो ।
प्रतिक्रिया दिनुहोस्