Ads

मदन भण्डारीको ७३औं जन्मजयन्ती


काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७३औं जन्मजयन्ती आज मनाइँदैछ ।

मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ । तत्कालीन नेकपा ९एमाले० का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू