Ads

चार सहिदको नाममा कार्यक्रम राखौँ भन्दा कांग्रेस-एमालेले नगरसभा रोके : मेयर बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले र कांग्रेसका नगरसभा सदस्यहरूले नगरसभा बैठक रोकेको आरोप लगाएका छन् ।

एमाले–कांग्रेसका नगरसभा सदस्यहरूले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम राख्न दिएको सुझाव आफुले नमान्दा आज बस्न लागेको नगरसभा बैठक रोकिएको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘एमाले र काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । तर, मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । त्यसपछि उहाँहरु बैठक रोकेर जानुभयो । ’

उनले एमाले र कांग्रेसले बीपी र मदनले चार सहिदहरूको भन्दा धेरै योगदान गरेको देखेको हुनसक्ने पनि बताएका छन् । ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला,’ उनले भनेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू