Ads

२०८१ असार १६ गते आइतवार तपाईको दैनिकराशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

 वृष ( इवाविवुवेवो )आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

 मिथुन ( काकिकुकेकोहा )शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।

 कन्या ( टोपापिपुपेपो )आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

 तुला ( रारिरुरेरोतातितुते )जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्ने र तीर्थाटनको योग पनि छ ।

 धनु ( येयोभाभिभुधाफाढाभे )आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आजको दिन माध्यम नै रहनेछ । कुनै काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । अधुरा कार्यहरू पुरा हुन नसकला । पारिवारिक सहयोग पनि मिल्नेछ ।

 मीन ( दिदुदेदोचा, चि )पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

Ads

सम्बन्धित पोष्टहरू