काठमाडाैं । नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा पुनः गण्डकी प्रदेशको मन्त्री बनेका थिए ।
माओवादी केन्द्रले कारबाही गरे पनि सर्वोच्च अदालतले आदेश दिएसँगै उनको सांसद पद जोगिएको थियो । त्यसपछि उनी मन्त्री नियुक्त भएका हुन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । सर्वोच्चको आदेशपछि मुख्यमन्त्री पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन् ।
देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका छन् । यसअघि पनि सोही मन्त्रालयमा मन्त्री बनेका देवकोटाले माओवादीले कारबाही गरेसँगै पद गुमाएका थिए । तर, सर्वोच्चको आदेशपछि उनी पुनः सोही मन्त्रालय फर्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस्