Ads

कमलादीमा एकीकृत समाजवादीको बन्द-सत्र सुरु


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।

काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ  ।

Ads

सम्बन्धित पोष्टहरू