Ads

कांग्रेसका नेता जीतेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश


काठमाडौं । नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

संविधानसभा सदस्य, पूर्वपर्यटनमन्त्री तथा पूर्वराष्ट्रियसभा सदस्य समेत रहेका जीतेन्द्र सोमबार एमालेमा प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गरेका छन् । उनी पूर्वकृषिमन्त्री एवं संविधानसभा सदस्य हुन् ।

पार्टी कार्यालय च्यासलमा आयोजिक कार्यक्रममा लोसपाका अरू नेतालाई पनि ओलीले एमालेमा प्रवेश गराए ।

Ads

सम्बन्धित पोष्टहरू