Ads

प्रतिनिधि सभा सचिवमा सुरेश अधिकारी सिफारिस


काठमाडाैं । पूर्वसचिव सुरेश अधिकारी प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस भएका छन्।

सभामुख देवराज घिमिरेले राष्ट्रपति समक्ष अधिकारीलाई सिफारिस गरेका हुन्।

नेपालको संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभा जिल्ला खाँदवारी नगरपालिका वार्ड नम्बर २ निवासी अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेका संसद सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सो पद रिक्त थियो।

Ads

सम्बन्धित पोष्टहरू