Ads

विपद् सहयोग तथा उद्धार सहायता सामग्री प्रदान


दमक/  झापाको कमल गाउँपालिकाले खोला बाढीको सम्भावित विपद्मा परेकाहरुको उद्धारमा सहयोगका लागि सशस्त्र प्रहरीको उद्धार टोलीलाई विपद् सहयोग तथा उद्धार सहायता सामग्री प्रदान गरेको छ ।

गाउँपालिकाले बर्षायामसँगै गाउँपालिका भित्र पर्न सक्ने बाढीको जोखिम न्युनिकरण गर्दै आइपर्न सक्ने उद्धार कार्यमा सहयोग पुर्याउने अपेक्षासहित कूल १ लाख ७९ हजार रुपैयाँ बराबरका उद्धार सहायता सामग्री प्रदान गरेको हो ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईसहित उपाध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले ति सामग्री सशस्त्र प्रहरी उपरीषक (एसपी) कमल ५ स्थित पाथीभरा गणका गणपति निवनकुमार खड्कालाई हस्तान्तरण गरेका छन् ।

प्रदान गरिएका सामग्रीहरुमा बाढीमा परेकाको उद्धारमा आवश्यक ट्युब, लाइफ ज्याकेट, स्वीमिङ हेल्मेट, रक हेल्मेट, वेज थ्रो ब्याग, डोरी, लाइट १३ प्रकारका रहेका छन् । कमल गाउँपालिका भएर बग्ने रतुवा र कमल खोला मुख्य हुन् । यसबाहेक ढ्याङग्री खोला र अन्य खोल्सीहरु समेत छन् । रतुवा र कमलमा आउने बाढीका कारण बर्षेनी कमल गाउँपालिका र आसपासका क्षेत्रमा सर्वसाधारण पीडित हुने गरेका छन् ।
खोला प्रभावित क्षेत्रमा बाँसको पाइलिङ कटान जोखिम न्युनिकरण गर्न सहयोगी जैविक तटबन्धन गरिँदै आएको छ । यस बर्ष समेत प्रदेश सरकारको बजेटबाट कमल ५ को उत्तरी क्षेत्रमा बाँसको पाइलिङ निर्माणको योजना अघि बढाइएको छ भने यि खोलाहरुबाट हुने क्षतिको दिर्घकालिन समाधानका लागि माथिल्लो तहका सरकारसँग योजना माग गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

Ads

सम्बन्धित पोष्टहरू