काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्वर्गीय कोइरालाको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व रहेको बताए । उनले गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको बताए ।
सभापति देउवाले आफूले विद्यार्थी बेलामा नै गिरिजालाई चिनेको र गिरिजाकै सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण गरे । उनले गिरिजाकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको बताए । प्रजातन्त्रबाट लडेर गणतन्त्रसमेत ल्याउन सफल भएको व्यक्तिका रूपमा कोइराला रहेको उनले चित्रण गरे ।
प्रतिक्रिया दिनुहोस्