Ads

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउने आदेश


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतले मंगलबार सो आदेश गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापालाई प्रहरीले गत शुक्रबार साँझ कपनबाट पक्राउ गरेको थियो ।

ओली सरकारमा बादन गृहमन्त्री हुँदा प्रतीकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहको सदस्यका रूपमा काम गरेको प्रहरी प्रतिवेदनको निष्कर्ष छ ।

Ads

सम्बन्धित पोष्टहरू