Ads

महामन्त्री ढकाललाई प्रस्ताव पेश गर्न प्रतिबन्ध


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा महामन्त्री डा. मुकुल ढकालले आफूलाई लिखित प्रस्ताव राख्न नदिइएकोबारे सार्वजनिक गरेका छन् ।

महामन्त्री ढकालका अनुसार पार्टीको जारी केन्द्रीय समितिमा समीक्षा प्रतिवेदनका आधारमा महामन्त्रीको प्रस्ताव पेस गर्न मंगलबारको सचिवालय बैठकबाट अनुमति दिइएको थियो ।

तर, बुधबारको केन्द्रीय समिति बैठकमा भने लिखित प्रस्ताव राख्न अनुमति नदिइएको उनले बताए ।

“समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर, लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन,” महामन्त्री ढकालले भने, “प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।”

Ads

सम्बन्धित पोष्टहरू