Ads

रास्वपालाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाऔं: महामन्त्री मुकुल ढकाल


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले रास्वपालाई रविको नामबाट मुक्त गराउनुपर्ने बताएका छन् ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा उनले अब एक सय दिनमा रास्वपालाई रविको पार्टीबाट रास्वपा बनाउनुपर्ने बताएका हुन् ।

‘अबको सय दिनमा के गर्ने ? अबको सय दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाऔं,’ उनले बैठकमा पेश गर्न तयार पारेको प्रस्तावमा भनिएको छ ।

पार्टी सुधारको लागि आफूले ल्याएको प्रतिवेदनमा अनावश्यक आरोपित गरिएको भन्दै उनले आपत्ति नै जनाएका छन् ।

ढकालले पार्टी सभापतिलाई देशभर डुलेपछि ३३ पृष्ठको प्रतिवेदन बुझाएका थिए । यही प्रतिवेदनको आधारमा बुधबारबाट शुरू हुने बैठकमा प्रस्ताव पेश गर्ने जिम्मा ढकाललाई दिइएको दाबी उनले गरेका छन् ।

तर रविले ढकाललाई प्रस्ताव पेश गर्न दिएनन् । यसपछि ढकालले प्रस्ताव मिडियामार्फत् सार्वजनिक गरेका छन् । प्रस्ताव पेश गर्न नपाएको र बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै ढकाल मुखमा कालो टेप बाँधेर बैठकमा पुगेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू