काठमाडौं । अख्तियार आयुक्त सुमित्रा अमात्यले गुठीको जग्गा मिचेको पाइएपछि ललितपुर महानगरपालिकाले डोजर चलाइदिएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार आफ्नै उपस्थितिमा डोजर चलाउन निर्देशन दिएका थिए ।
महानगरपालिकाको सचिवालयले जनाए अनुसार, बुधबार दिउँसो मेयर महर्जनकै उपस्थितिमा डोजर लगाएर उक्त पर्खाल भत्काइएको हो।
महानगरका प्रवक्ता राजु महर्जनले दिएको जानकारी अनुसार, उक्त ठाउँमा गुठियारहरूको देवस्थल हो।
‘यो गुठियारहरूको देवस्थल हो। यसमा जग्गा मिचिएको भन्दै धेरै समयअघि नै निवेदन परेको थियो,’ प्रवक्ता महर्जनले भने, ‘हामीले पटक पटक पर्खाल हटाउन उहाँलाई भेटेर पनि अनुरोध गरेका थियौँ। नभएपछि आज भत्काइएको हो।’
प्रतिक्रिया दिनुहोस्