काठमाडौ, नयाँ राजनीतिक समिकरण विकास भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दवाव दिन प्रमुख सत्ता साझेदार नेकपा एमालेले सरकरालाई दिएको साथ फिर्ता लिएको छ ।
एमालेका तर्फबाट सरकारमा सहभागी सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाए पछि प्रचण्डको वहिर्गमनका दागि दवाव सिर्जना भएको छ । एमालेअध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका आफ्ना मन्त्रीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए । मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री दाहाललाई आग्रह समेत गरेको थियो ।
सो अवधिमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए पछि एमालेका सबै मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष सामूहिक राजीनामा बुझाएर दवाव सिर्जना गराएका हुन् । एमालेअध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाएका थिए । प्रधानमन्त्री प्रचण्डले पदबाट राजिनामा नदिनु भएपछि एमाले मन्त्रीहरुले राजिनामा बुझाए भए पनि माओवादी केन्द्रको बैठकले प्रधानमन्त्रीलाई संसद बैठकमा विश्वासको मत लिन सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्