Ads

बाढीपहिरोबाट दार्चुलाका १६ परिवार बिस्थापित


दार्चुला । दार्चुलामा बाढीपहिरोबाट १६ परिवार बिस्थापित भएका छन् । मार्मा गाउँपालिका–४ र ५ का ती परिवार बिस्थापित भएका हुन् ।

मार्मा हुँदै मुरै गोल्फा सित्तोला जोड्ने सडकबाट खसेको पहिरोका कारण मर्मतीका केही परिवार बिस्थापित भएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । बाढी घरमा पसेपछि बिस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

पहिरोबाट बिस्थापित भएका ९९ जनालाई सुरक्षित स्थान  लटिनाथ आधारभूत विद्यालयमा  स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले जानकारी दिए । दार्चुलामा बिहीबार साँझदेखि निरन्तर पानी परिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू