Ads

आज हुने भनिएकाे नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित


काठमाडौँ । असार २२ गते आज हुने भनिएकाे नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै शनिबारका लागि निर्धारित निर्वाचन स्थगित भएको जानकारी दिएकाे हाे ।

‘निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा भनिएकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू