Ads

एमाले संसदीय दलको बैठक आइतबार बस्ने


काठमाडौँ । नेकपा एमालेले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने भएकाे हो ।

बैठकमा  एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । आइतबारकाे प्रतिनिधि सभा बैठक अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

कांग्रेससँग नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना ८ जना मन्त्रीलाई फिर्ता बाेलाइसकेकाे छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू