Ads

बानेश्वरमा एमाले संसदीय दलको बैठक


काठमाडाैं । नेकपा एमाले संसदीय दलको बैठक बानेश्वरमा शुरू भएको छ ।

सत्ता समीकरण फेरबदलपछि आइतबार एमाले संसदीय दलको बैठक पहिलोपटक बसेको हो ।

प्रतिनिधि सभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू