काडमाडाैं । नयाँ बन्ने सरकारको नेतृत्व लिन तयारी गरेको नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेको रास्वपालाई कहिलेसम्म समर्थन कायम राख्ने भनेर प्रश्न गरेको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सचिव योगेश भट्टराईले प्रचण्डले प्वाल पारेको डुंगामा बसेर कताको यात्रा गर्न लागेको भन्दै प्रश्न गरेका हुन् ।
‘रास्वपालाई भन्न चाहन्छु, सरकारलाई समर्थन गर्ने, सरकारमा बस्ने पार्टीको निर्णय हो । तर प्रचण्डले प्वाल पारेको डुंगामा बसिरहनु भएको छ, कता जाँदै हुनुहुन्छ ?,’ भट्टराईले प्रश्न गरे ।
एमाले सचिव भट्टराईले संविधानको पुनरावलोकनसहित केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको भन्दै अब बन्ने सरकारलाई समर्थन गर्न संसद्का सबै दललाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्