काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै संसदमा रामकृष्ण ढकालले गाएको गीतका हरफ सुनाएका छन् ।
आइतवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद शर्माले आनन्द अधिकारीको शब्द, रामकृष्ण ढकालको स्वर र न्ह्यू बज्राचार्यले संगीत गरेको गीत– ‘ओराली लागेको हरिणको ताल भो’का हरफ सुनाएका हुन् ।
ओराली लागेको हरिणको चाल भयो,
बाचुञ्लेज सम्मपनि मरेकै हाल भयो,
छल गर्यो मायाले, छल गर्यो मायाले ।
त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर पाको,
माया त रैछ धारिलो धुरा, रेटिनै पर्यो नि ।
बासै यो उठाउने कस्तो यो खेल भो,
जीवनमा धेरै धेरै ने झेल भो ।
सांसद शर्माले गीतका हरफ सुनाउँदा संसदमा हाँसो गुञ्जिएको थियो । सांसद शर्माले सो गीतका अरुपनि अंश सुनाए ।
दुईचार दिनको त्यो मृगतृष्णा के देख्नु पर्यो नि ।
झिरैमा उनेको माछीको हाल भयो ।
‘यो मैले २८ सदनबाट बिदा लिँदै गर्नुभएको प्रधानमन्त्री प्रचण्ड पुष्पकमल दाहालप्रति समर्पित गर्दै आएको हुँ । यसमा कसैको नियमापत्ति रह्यो भने डिलिट गरिदिए पनि इगो छैन,’ शर्माले भने ।
कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमतिपछि प्रचण्ड अल्पमतमा परेका छन् । उनले असार २८ गते संसदमा विश्वासको मत लिँदैछन् ।
प्रतिक्रिया दिनुहोस्