Ads

महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न अनुशासन आयाेगको सिफारिस


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेकाे छ।

अनुशासन आयाेगले जारी केन्द्रीय समिति बैठकमा यस्ताे सिफारिस गरेकाे हाे।

रास्वपाकाे अनुशासन आयोगले निलम्बित ढकालमाथिकाे कारबाहीबारे प्रतिवेदन तयार पारिसकेको छ। उक्त प्रतिवदेनबारे अहिले बैठकमा छलफल भइरहेकाे एक पदाधिकारीले जानकारी दिए।

गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो।

ढकाल निलम्बित भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिइएको छ। कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई तोकिएको छ।

पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीकाविरुद्धमा लागेको भन्दै ढकाललाई पार्टीले निलम्बन गरेकाे थियाे।

ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि ‘समीक्षा यात्रा’ सुरु गरी ३८ जिल्ला पुगेर गरेको समीक्षा प्रतिवेदन बुधबार गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेलाई बुझाएका थिए।

गत बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय,चःमति, वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा ढकालले मुखमा माक्स र त्यस बाहिरबाट ‘कालो टेप’ लगाएर उपस्थित भएका थिए।

Ads

सम्बन्धित पोष्टहरू