Ads

भरतपुर महानगरद्वारा ५४ सङ्घ संस्थालाई कृषि सामग्री प्रदान


चितवन । भरतपुर महानगरपालिकाले यहाँका ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमकाबीच ती सामग्री हस्तान्तरण गरेकाछन् ।

महानगरको कृषि तथा व्यवसाय प्रबद्र्धन शाखामार्फत आर्थिक वर्ष २०८०÷८१ को कार्यक्रमअनुसार कृषि यान्त्रिकीकरण तथा ढुवानी साधन खरिदमा ५० प्रतिशत अनुदानमा सामग्री हस्तान्तरण गरिएको शाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए । अनुदानमा चारवटा ट्याक्टर, छवटा हाते ट्याक्टर ९मिनिटिलर०, धान, १२ वटा गहुँ काट्ने मेसिन ९रिपर० हस्तान्तरण गरिएको हो ।

यस्तै धान तथा गहुँ झार्ने मेसिन ९थ्रेसर० तीन थान, रोटाभेटर दुई थान, मकै छोडाउने मेसिन९कर्न सेलर० १७ थान, तोरी मिल तीन थान, मकै रोप्ने मेसिन ९मेज प्लान्टर० तीन थान, घाँस टुक्र्याउने मेसिन ९च्याफ कटर० आठ थान, राइस मिल दुई थान हस्तान्तरण गरिएको छ । मिल्क एनलाइजर छ थान, चिलिङ भ्याट दुई थान, तरकारी खेती गर्ने किसानका लागि बोलेरो दुई थान र तिनपाङ्ग्रे अटो दुई थान हस्तान्तरण गरिएका छन् ।

महानगरपालिकाले रु एक करोड अनुदानमा ती सामग्री खरिद गरेर उपलब्ध गराएको पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा महानगर प्रमुख दाहालले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायिकरण र उत्पादनको बजारीकरणका लागि सहयोग गर्दै आएको बताए ।

उनले भने, “हामीले हरेक वर्ष कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आइरहेका छौँ । किसानको आवश्यकता पहिचान गरी महानगर अघि बढिरहेको छ”, उनले थप्नुभयो, “खडेरीका कारण सुख्खा क्षेत्र भएका ठाउँमा सिँचाइका लागि बोरिङ्सहित नारायणी लिफ्ट सिँचाइ आयोजनालाई नियमित सञ्चालन गर्ने प्रक्रियामा महानगर लागिपरेको छ ।”

महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनुदानमा कृषि सामग्री प्राप्त गर्ने संस्थाले ती उपकरणको उचित प्रयोग र व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने,“महानगरले विगतका वर्षमा जस्तै यसवर्ष पनि यहाँहरूकै मागअनुसार सामग्री प्रदान गरेको छ । अब प्राप्त सामग्रीको व्यवस्थापन र संरक्षण प्रभावकारी रूपमा गरेर बढीभन्दा बढी लाभ लिन आवश्यक छ ।

Ads

सम्बन्धित पोष्टहरू