काठमाडाैं । नेकपा एमालेले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने निर्णय गरेको छ ।
एमालेको सचिवालय बैठकले बुधबार संविधान अनुसार ७६(२) अनुसार सरकार गठन गर्न कुनै बाधा नहुने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
अब असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाउने र केपी शर्मा ओली सहजै प्रधानमन्त्री बन्ने पनि ज्ञवालीले बताए ।
कोशी प्रदेशको विषयमा सर्वोच्च अदालतको नजिर पनि विश्वासको मत नपाए ७६(२) अनुसार नै सरकार गठनमा बाधा नपर्ने रहेको उनले बताए ।
बैठकमा एमाले अध्यक्ष ओलीले कांग्रेस र एमालेबीच बराबरीको हैसियतमा सरकारमा सहभागिता रहने पनि बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्