मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता वृद्धि हुनेछ । रोकिएको काम फेरि प्रयास गर्दा सफलता मिल्ने समय छ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । आजको दिन नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम वृद्धि हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुने योग । व्यवसायमा चाहिँ लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । आफन्तबीच आत्मीयतामा कमी आउन सक्छ, सचेत रहनुहोला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिगो आयस्रोत जुटाउन सकिने समय छ । नयाँ साथीभाइ बन्न सक्छन् । स्वास्थ्य भने केही कमजोर रहला । जिम्मेवारी चाहिँ बढिरहनेछ । अध्ययन-अध्यापनमा समय दिन नसकिएला । आर्थिक काम बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण रहनेछ । वर्चश्व वृद्धि हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । स्वास्थ्यगत समस्याले पनि सताउने योग छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । प्रशंसा र प्रेरणा दिनेहरू भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन बोलीको कारणले केही समस्या उब्जिन सक्छ, तर सहयोगीहरूले समर्थन जनाउनेछन् । पुराना समस्या दोहोरिन सक्ने योग छ । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनु हितकर होला । समस्यामा उच्चाधिकारीको साथ मिल्ने योग छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल बढ्नेछ । स्वास्थ्य सामान्य कमजोर रहेपनि नाम, दाम र इनाम कमाउने समय छ । विस्तारै सोचेको काम बन्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । लगनशील बन्न नसक्दा आलोचनाको शिकार हुनुपर्ने योग छ । तपाईंका कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सुख बढेर आउनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइने समय छ । तर सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने पनि देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवादको योग छ । कृषि कार्यमा हुनेका लागि समय केही प्रतिकुल भएपनि धनआर्जन हुने समय छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुप बढ्नेछ । व्यावसायिक काममा विभिन्न समस्या आउन सक्ने समय भएपनि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अनुकूलता बढ्नेछ । नयाँ व्यवसाय सुरु गर्ने तथा दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । तर, महत्वपूर्ण कुनै योजना सोचिरहनुभएको छ भने तत्काल शुरु नगर्नु हितकर हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिएला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुने समय छ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अर्थअभावले सताउने योग छ ।
प्रतिक्रिया दिनुहोस्