काठमाडाैं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गीतबाटै जवाफ फर्काएकाे छ ।
एमालेका मन्त्रीहरूले सरकारबाट राजीनामा दिएपछि प्रचण्डले फत्तेमानकाे ‘कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले’ गीत सुनाएका थिए ।
त्यसकाे जवाफमा एमालेका सचिव याेगेश भट्टराईले संसदबाट उदितनारायण झा र दीपा झाकाे गीत ‘झिक तु लाै जाैखाैँ आज कसकाे माया कति’ गीत सम्झिँदै चुनाैती दिएका हुन् ।
संसदमा प्रधानमन्त्रीले राखेकाे विश्वासकाे मतबारे छलफल भइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्