Ads

तेश्रो दिन बिहानै देखि खोजी शुरु, बस अझै भेटिएन


भरतपुर, दुर्घटनाग्रस्त बस तथा यात्रुहरुको खोजीमा आइतबार तेस्रते दिन पनि बिहानैदेखि उद्धारकर्मी हराइरहेको बस र यात्रुको खोजीमा जुटेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली बिहानैबाट त्रिशूली नदीमा खोज कार्यमा जुटेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले अहिलेसम्म चितवनको मेघौली गोलाघाट र नवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा तीन जना यात्रुको शव भेटिएको जनाएका छन् ।

यसैक्रममा नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।

परियारको भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा परेका थिए । यसैगरी, माझी काठमाडौँबाट सर्लाही जाँदै गर्दै दुर्घटनामा परेका हुन् । यसअघि, शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा उनको पहिचान खुलेको थियो ।यद्यपी, प्रहरीले सार्वजनिक गरेको बसको चलानीमा परियार र माझीको नाम उल्लेख गरिएको छैन । उनीहरु चलानी काटी सकेपछि बसमा बिच बाटोबाट यात्रा गरेको बताईन्छ ।

शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडकखण्डको सिमलतालमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू