Ads

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ ।

सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ ।

यसैगरी, राष्ट्रियसभाको सोमबार बिहान ११ः३० बजेका लागि निर्धारण गरिएको बैठक सोही दिन अपराह्न ३ः१५ बजे बस्नेगरी समय परिवर्तन गरिएको पनि सङ्घीय सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू