Ads

अर्जेन्टिनालाई कीर्तिमानी १६औँ कोपा अमेरिकाको उपाधि


काठमाडौं। लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ।

मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो।

अर्जेन्टिनापछि उरुग्वेले १५औं पटक कोपा अमेरिका जितेको छ। ब्राजिलले यो उपाधि नौ पटक जित्दा पाराग्वे र चिलीले दुई/दुई पटक जितेका छन्।

खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि अतिरिक्त ३० मिनेट समय थप गरिएको थियो। यो समयमा पनि दुवै टोलीबाट गोल नभए खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत् गरिने तय थियो।

कोपा अमेरिकाको नकआउट चरणमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसके सीधै पेनाल्टी प्रहार गरिने नियम थियो। तर, फाइनलमा भने त्यो नियम लागु हुने थिएन र अतिरिक्त समय थप गरिने व्यवस्था गरिएको थियो।

तर, मार्टिनेजले ११२औं मिनेटम गोल गरे। यो नै खेलमा निर्णायक बन्यो। जारी प्रतियोगितामा उनको यो पाँचौ गोल हो। उनले जियोवानी लो सेल्सोको पासमा गोल गरेका हुन्। सेल्सो खेलको ९७औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको स्थानमा मैदान प्रवेश गरेका थिए।

Ads

सम्बन्धित पोष्टहरू