काठमाडाैं । राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गरेर प्रधानमन्त्री केपी शर्मा ओली सोझै एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।
च्यासलको केन्द्रीय कार्यालय पुगेर ओलीले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका हुन् ।
यसपछि ओलीले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेर पदभार ग्रहण गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्