Ads

प्रधानमन्त्री ओली पुगे लैनचौर, सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोमबार शितल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि प्रधानमन्त्री ओली काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

त्यस्तै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, बिष्णु पौडेल लगायतका मन्त्रीहरुहरुले पनि सहिद स्मारकमा पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रधानमन्त्रीको सपथ लिएपछि सहिद स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने परम्परा रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू