काठमाडाैं । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुरु भएको छ ।
समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित बैठकमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवको सहभागिता छ ।
यसअघि उक्त मोर्चाको बैठक गत शनिबार बालुवाटारमा बसेको थियो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहित विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन गरिएको थियो । तर उपेन्द्र यादव नेतृत्वको जसपा मोर्चाबाट यसअघि नै बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस्